PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

भेटघाट नसकिएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण लम्बियो



रमेश वाग्ले

भेटघाट नसकिएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण लम्बियो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भ्रमण थप एक दिन लम्बिएको छ।
 
गत भदौ २ गते भारत गएका निधि आजै स्वदेश फर्कने कार्यक्रम थियो। तर निधिको राजनीतिक भेटघाट नसिकएपछि भ्रमण थप एक दिन लम्बिने भएको हो।
 
'उपप्रधानमन्त्रीज्यु राजनीतिक भेटघाटमै व्यस्त रहनुभयो। अहिले पनि उहाँ पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा हुनुहुन्छ,' नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भने, 'भेटघाट नसकिएकाले उहाँ भोलिमात्र स्वदेश फर्कनुहुन्छ।' उनले भोलि बिहान नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी गराए।
 
भारत भ्रमणमा रहँदा निधिले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज तथा अन्य राजनीतिक नेताहरुसँग भेटघाट गरेका थिए। त्यसबाहेक पनि भेटवार्ताको तालिका बनेपछि उनको भ्रमण लम्बिएको हो। (फोटो : राष्ट्रपतिसँगको भेटवार्ता)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell