PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि विश्वकर्मा सिमेन्टमा उत्पादन सुरु



राधेश्याम पटेल

मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि विश्वकर्मा सिमेन्टमा उत्पादन सुरु

वीरगन्ज : वीरगंज–२४ लिपनीविर्तामा रहेको त्रिवेणी समूहको विश्वकर्मा सिमेन्ट प्रालिमा आइतबार उत्पन्न तनाव साम्य भएको छ। लोडरले किचेर मृत्यु भएको मजदुर परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ व्यवस्थापन पक्षले उपलब्ध गराउने सहमति भएपछि विवाद शान्त भएको हो।

आजदेखि कम्पनीको उत्पादन पनि सुरु भएको छ। हिजो बिहान साढे ४ बजे क्लिङ्कर ओसारपसार गर्ने लोडरले किचेर वीरगन्ज २५ जगरनाथपुरका ४५ शिवशंकर साह गोढको घटनास्थलमै मृत्यु भएको थियो। लोडर चालक रविन्द्र तुरहा फरार छन्।

घटनापछि प्रहरीले पनि व्यवस्थापन पक्षलाई सघाएको मजदुरहरुले आरोप लगाउँदै कम्पनीमै दिनभर लाश राखी प्रर्दशन गरेका थिए। त्यसपछि दिन भर वार्ता भयो।

आइतबार राति ९ बजे मजदुर नेता ,पीडित परिवार र व्यवस्थापन पक्षबीच सहमति भएको हो। सहमतिमा हाललाई किरिया खर्च वापत १ लाख र केही दिनमा ९ लाख रुपैयाँ पीडित परिवारलाई दिने सहमति भएको व्यवस्थापन पक्षले जनाएको छ।

त्यसैगरी ,मृतकका एक जना छोरालाई सोही उद्योगमा रोजगारी दिने पनि आपसी सहमति भएको छ। सहमति भएपछि परिवारजनको अनुमतिमा लाश पोस्टमार्टमको लागि वीरगन्ज लगिएको छ। आजै साँझसम्म मृतकको दाहसंस्कार गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell