PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

२९ फोटोमा हेर्नुस्, रियो ओलम्पिकको भव्य समापन समारोह

२९ फोटोमा हेर्नुस्, रियो ओलम्पिकको भव्य समापन समारोह

पहिलोपोस्ट /पहिलोपोस्ट


विभिन्न कठिनाइ र चुनौतीका बाबजुत ब्राजिलले रियो ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेको छ। 

ऐतिहासिक माराकाना स्टेडियममा करिब ८० हजार दर्शकको उपस्थितिमाझ ३१औं संस्करणको गृष्मकालीन ओलम्पिक सोमबार बिहान समापन भएको हो।

समापन समोरोहमा ब्राजिलको संस्कृति झल्काउने खालका विभिन्न सांगीतिक प्रस्तुतिहरु देखाइयो। रियो ओलम्पिक २०१६ मा सहभागी सबै देशले फेरि एकपटक माराकानामा अन्तिम परेडमा भाग लिए। 

इतिहासमै पहिलो पटक ल्याटिन अमेरिकी देशमा भएको ओलम्पिकमा २०५ देश र एक शरणार्थी टीमको सहभागिता रह्यो। पहिलो पटक साउथ सुडान र कोसोभोले खेलकुदको कुम्भमेलामा सहभागिता जनाए।

सन् २०२० को ३२औं संस्करणमा जापानको टोकियोमा भेट्ने वाचासहित ब्राजिलबाट ओलम्पिकलाई बिदाइ गरियो। 

जापानका प्रधानमन्त्री सिन्जो आवे समेत समापन समारोहमा उपस्थित थिए। 

रियो ओलम्पिकको समापन समारोहमा देखिएका यी झलक रियोको अफिसियल फेसबुक पेज र रोयटर्स अनलाइनबाट लिइएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell