PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

गोली प्रहार गरी दाङमा दुई जनाको हत्या



पहिलोपोस्ट

दाङ : दाङको गढवा–५ मा गोली प्रहारबाट दुई जनाको हत्या भएको छ।
 
गएराति स्थानीय ४५ वर्षका कर्णबहादुर पुनले भरुवा बन्दुकबाट गोली प्रहार गरी ३५ वर्षीय राजु रोका र ३२ वर्षीय कालुराम रोकाको हत्या गरेका हुन्। उनीहरु तीजको कार्यक्रममा सहभागी थिए।
 
भागी रोकाको घरमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा विवाद हुँदा पुनलाई स्थानीयले सम्झाइबुझाइ घर पठाएका थिए। तर केही बेरमै उनले घरबाट भरुवा बन्दुक लिएर आई मोटरसाइकल चढेर जान लागेका दुवैलाई गोली हानेका थिए।
 
गम्भीर घाइते भएका दुवैको मेडिकल कलेज कोहलपुरमा उपचार क्रममा मृत्यु भएको हो।
 
फरार पुनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए। 'व्यक्तिगत रिसइबीकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell