
जमैकन स्प्रिन्टर उसेन बोल्टले रियो ओलम्पिकमा ३ स्वर्ण जित्दै ट्रिपल-ट्रिपलको अनौठो रेकर्ड कायम गरे।
उनले ३ ओलम्पिकमा भाग लिए, ३ ओलम्पिकका ३ वटै स्पर्धामा भाग लिए र लगातार ३ ओलम्पिकमा ३ वटै स्पर्धामा स्वर्ण जिते।
३ वटै विधामा लगातार स्वर्ण जित्दै कुल ९ स्वर्ण जित्न सफल बोल्ट ओलम्पिक दौरान आफ्नो प्रेमिकासँग पनि देखिए। बोल्टलाई प्रेसिडेन्ट र उनकी प्रेमिकालाई फस्ट लेडी भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार पनि आयो।
`
ओलम्पिकमा सहभागिता जनाएको सबै स्पर्धामा स्वर्ण जितेपछि बोल्ट अहिले लेजेण्ड खेलाडीको रुपमा चर्चा कमाइरहेका छन्।
गत आइतबार मात्र उनी ३० वर्ष पुगे। ओलम्पिक समापन समारोहअघि उनले रियोमै आफ्नो जन्मदिन पनि मनाए। पार्टीमा गए। रमाइलो गरे। यति मात्र होइन ब्राजिलकी एक २० वर्षीय युवतीले बोल्टसँगै बसेर खिचेको फोटो अहिले भाइरल भएको छ।
जेडी डुआर्टेले ह्वाट्स एपमा शेयर गरेको उक्त फोटोमा बोल्ट टपलेस देखिएका छन् भने जेडी सेतो पहिरनमा छिन्। यस्तै अँकमाल गर्दै चुम्बन गरेको फोटो पनि सार्वजनिक भएको छ।
जेडीले विश्व चर्चित स्प्रिन्टर बोल्टसँग उक्त भेटलाई नर्मल बताएको ब्राजिलको स्थानीय पत्रिकाले उल्लेख गरेको छ। जैडीसँग मात्र होइन उनी पार्टीमा अन्य युवतीसँगै देखिएको फोटो समेत सार्वजनिक भएको छ।
रमाइलो गर्न मन पराउने बोल्ट रियो ओलम्पिकमा आफ्नो प्रतिस्पर्धा सुरु हुनुअघि साम्बा डान्समा रमेत झुमेका थिए।