PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

काठमाडौंमा दुई र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

काठमाडौंमा दुई र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई उपत्यकामा तत्काल तीन वटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका छन्।

आज बिहान निवासमै बोलाएर उनले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायतका चार बुँदे निर्देशन दिएका हुन्।
 
उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौंमा दुई गरी तीन वटा यातायात व्यवस्था कार्यालय थप्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए।
 
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि विद्यालय, क्याम्पसको भवन भाडामा लिएर छ महिनामा एकैचोटि चार-पाँच हजारको सङ्ख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारामको व्यवस्था गर्न, नवीकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, क्याम्पसका स्वयंसेवा गर्न चाहने विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काममा खट्न सक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री निर्देशन दिएका थिए।
 
सो भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell