PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​नेपाल अफ्रिका फिल्म फेस्टिबल हुने



पहिलोपोस्ट

​नेपाल अफ्रिका फिल्म फेस्टिबल हुने

नेपाल अफ्रिका फिल्म फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको छ। यो वर्ष सो फिल्म फेस्टिबल भाद्र २२,२३ र २४ गते काठमान्डौको रूसी सांस्कृतिक हलमा आयोजना हुँदैछ।

दुई देशबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गरिने आयोजक डां मन्जु मिस्रले बताएकी छिन्। 

बिगतका फेस्टिबलको दाँजोमा यो फेष्टिबल बिशेष हुने दाबी आयोजकले गरेका छन्। साथै फेस्टिबलमा पहिले भन्दा धेरै फिल्मको सहभागिता रहेको छ। जसमा डेनमार्क, नेपाल, नाईजेरिका लगायतका मूलुकका चलचित्रहरूले सहभागिता जनाउने छन्।

रसियन कल्चर सेन्टरमा विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म फिल्म प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell