PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

स्थानीय निकाय के गर्ने? कांग्रेस संसदीय दलको भोलि, कार्यसमितिको आज बैठक बस्दै



रासस

स्थानीय निकाय के गर्ने? कांग्रेस संसदीय दलको भोलि, कार्यसमितिको आज बैठक बस्दै

काठमाडौँ : नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । 

काँग्रेसले आज बेलुका ४ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सचिव ध्रुव वाग्लेले जानकारी दिए। त्यस्तै भोलि मङ्गलबार बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बस्नेछ। 

बैठकमा समसामयिक राजनीतिका साथै स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीको आधिकारिक धारणा बनाउन छलफल हुनेछ। काँग्रेसले यसअघि आइतबार र सोमबार केन्द्रीय समिति र जिल्ला सभापतिको संयुक्त बैठक राखेर सोही विषयमा छलफल गरेको थियो। 

स्थानीय निकायको पुनःसंरचानाका लागि सुझाव दिन गठित आयोगले ५६५ वटा स्थानीय तह बनाउनुपर्ने सुझाव दिएपछि प्रमुख दलहरुबीच यसबारेमा चासो बढेको हो। थोरै गाउँपालिका र नगरपालिका बनाइँदा जनतालाई दिइने सेवा सहज र व्यावहारिक नहुने काँग्रेसको धारणा छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell