PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

फिनल्याण्डमा भएको कराते च्यालेन्जमा नेपालका मन्डेकाजी र मुकुन्द्रलाई रजत पदक



पहिलोपोस्ट

फिनल्याण्डमा भएको कराते च्यालेन्जमा नेपालका मन्डेकाजी र मुकुन्द्रलाई रजत पदक

काठमाडौं : फिनल्यान्डको हेलसिन्कीमा आयोजना भएको सेइतोकाई खुला कराते च्यालेन्जमा नेपाली कराते खेलाडीद्वय मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनले पदक जितेका छन्।
 
आइतबार र सोमबार भएको च्यालेन्जमा मन्डेकाजीले तौल समूहमा रजत र एकल कातामा कास्य तथा मुकुन्द्रले तौल समूहमा रजत पदक प्राप्त गरेका छन्।
 
मन्डेकाजीले ७५ केजी तौल समूहमा आयोजक फिनल्यान्डका खेलाडीसँग फाइनलमा ७–२ ले पराजित भएपछि रजत पदक मात्र प्राप्त गरे। उनले पहिलो चरणमा वाई पाएर सेमिफाइनल प्रवेश गर्दै अल्जेरियाका खेलाडीलाई ४–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।
 
सोही प्रतियोगिताको व्यक्तिगत कातातर्फ मन्डेकाजी पहिलो वाउटमा आयोजक फिनल्यान्डका खेलाडीसँग ३–२ को अन्तरमा पराजित भएका थिए। पुनः कास्य पदकका लागि भएको रिपेचर गेममा फिनल्यान्ड र लात्भियाका खेलाडीलाई समान ३–२ अंकले पराजित गर्दै कास्य पदक हासिल गर्न सफल भए।
 
अर्का खेलाडी मुकुन्द्रले पनि ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई प्राप्त गर्दै सिधै सेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनलमा अल्जेरियाका खेलाडीलाई ५–२ ले पराजित गर्दै फाइनल पुगे पनि त्यहाँ भने सफलता पाउन सकेनन्।

(फोटो : राखेप)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell