
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आफूलाई घुस दिन खोज्ने दुई जनालाई काठमाडौको दरबारमार्गस्थित एउटा रेस्टुरेन्टबाट पक्राउ गरेको छ।
जोरपाटीमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यायलयका व्यवस्थापन समितिका ६५ वर्षीय सोनाम वाङछेन र उनका छोरा ३५ वर्षीय सोनाम छिरिङ शेर्पालाई १० लाख रुपैयाँसहित रङ्गेहात पक्राउ गरेको अख्तियारको दावी छ।
उनीहरुले अख्तियारमा आफूहरुविरुद्धको मुद्दा मिलाउन अख्तियारकै अधिकारीलाई घुस दिन खोज्दा पक्राउ परेको अख्तियारका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए। विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै बाबुछोरा विरुद्ध उजुरी परेको थियो। बाबुछोराले मुद्दा मिलाउन भन्दै अख्तियारका डिएसपी रविराज खड्का र उपसचिव हरिबाबु पोख्रेललाई बारम्पार सम्पर्क गरेर घुस दिन खोजको थिए।
आफूहरुलाई शेर्पा बाउछोराले घुस दिन लागेको जानकारी डिएसपी र उपसचिवले अख्तियारमा जानकारी गराएपछि अख्तियारले उनीहरुलाई योजनावद्ध रुपमा पक्राउ गर्न सफल भएको हो।
नाटकीयरुपमा अख्तियारले पूर्वयोजना अनुसार आज दिउँसो उनीहरुलाई दरबारमार्गमा रहेको शेर्पा मलको रेड कार्पेट रेस्टुरेन्टमा बोलाएको थियो। अख्तियारले पहिले नै त्यहाँ सिसी क्यामरासमेत जडान गरी पक्राउ पर्ने योजना बनाएको थियो। नभन्दै माग बमोजिमको १० लाख रुपैयाँ लिएर शेर्पा मल पुगेका बाबु छोरा अख्तियारको फन्दामा परे।
पूर्वमन्त्री भने फरार
कार्कीका अनुसार बुढाथोकी अख्तियारले रेड हान्न लागेको थाहा पाएर पहिले नै फरार भइसकेका थिए।
एक प्लेट मम खाएर अख्तियारतिर
घुस दिन लगिएको रकमसहित रङ्गेहात पक्रँदा उनीहरुको अवस्था कस्तो भयो होला? अगाडि टेबलमा १० लाख रुपैयाँ राखिएको थियो। बाबु छोरा टेबल नजिकै कुर्सीमा बसिरहेका थिए। अख्तियारको टोलीले उनीहरुलाई घेरको थियो।तर रङ्गेहात पक्रँदा पनि आफूले घुस दिएको स्वीकार गर्न उनीहरु तयार थिएनन्। मानिसलाई यस्तो आपत पर्दा पानीसम्म घाँटीबाट छिर्दैन। तर अख्तियारको टोलीले प्रहरीको भ्यानमा हालेर लग्नुभन्दा अघि उनीहरु यति भोकाएका रहेछन् कि रेस्टुरेन्टका वेटरलाई बोलाएर एक प्लेट मम मगाए।
केही बेरमा अर्डर बमोजिमको मम पनि आइपुग्यो। बाबु छोराले मिलेर ढुक्कसँग मम खाए। प्लेटको मम पनि सकियो, प्रहरीले उनीहरुलाई भ्यानतिर पनि डोर्यायो।