काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
मोर्चाको आज बसेको सचिवालय बैठकले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेकाको अभिलेख तयार गर्ने निर्णय गरेको छ।
बैठकले आन्दोलनका क्रममा घाइते तथा कार्यकर्तामाथि चलाइएका झुठा मुद्दा र क्षतिको समेत अभिलेख तयार गरी शीर्ष नेतालाई यही भदौ ८ गतेसम्म बुझाउने निर्णय गरेको मोर्चाका नेता एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए।
यही भदौ ८ गते शीर्ष तहका नेताका बीचमा शीर्ष बैठक बस्ने पनि निर्णय भएको मोर्चाले जनाएको छ। रासस
समाचारमा प्रयोग गरिएको फोटो फाइल हो।