PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​रत्नजित र नङशलको जोडीलाई पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण



पहिलोपोस्ट

​रत्नजित र नङशलको जोडीलाई पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण

पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा दिदीभाइ रत्नजित तामाङ र नङशलको जोडीले स्वर्ण जितेका छन्।

शुक्रबार भएको फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन्।

नेपाली ब्याडमिन्टनको इतिहासमा कुनैपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन्। यसअघि दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए। त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी थियो।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नेपाली ब्याडमिन्टनका लागि आजको दिन स्वर्णनिम भएको बताए। मिक्स डबल्समा स्वर्ण जितेकी नङशलले महिला सिंगल्समा पनि कांस्य पदक जितिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell