
- अनुपराज कँडेल
कांग्रेसको केन्द्रीय कार्यालयले पत्र नै पठाई चुनाव रोक्न निर्देशन दिएपछि सम्पूर्ण प्रक्रिया स्थगित भएको हो।
अगस्ट २१ देखि सुरु भएको निर्वाचनमा दुई प्यानलबीच सदस्यताबारे विवाद बढेपछि केन्द्रकै पत्र पुगेको हो। तनावको स्थिति सिर्जना भएपछि केन्द्रको निर्देशनअनुसार नेपाली जनसम्पर्क समितिले निर्वाचन रोकेको छ।
नेपालका विभिन्न ठाउँमा क्रियाशील सदस्यता रहेका व्यक्तिहरुले जापानमा पनि सदस्यता सारेको विषयमा विवाद चुलिएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली जनसम्पर्क समिति जापानका निर्वाचन समिति संयोजक महेशकुमार श्रेष्ठको नामा पत्र लेखी निर्वाचन तत्कालका रोक्न निर्देशन दिएका छन्। उनले पठाएको पत्रमा भनिएको छ-
'नेपालको कुनै पनि स्थानमा रहेको क्रियाशील सदस्यता विदेशमा स्थानान्तरण गर्न नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) मा कुनै पनि व्यवस्था नभएको कुरा जानकारी गराउँदा गराउँदै पनि नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनमा नेपालभित्रका क्रियाशील सदस्यहरुलाई स्थानान्तरण गरी निर्वाचनमा सहभागी गराइएको कारणबाट निर्वाचनमा व्यवधान आएको देखियो। त्यसकारण यो निर्वाचन तत्काल स्थगन गरी केन्द्रलाई जानकारी गराउनुहुन निर्देशनानुसार अनुरोध गरिन्छ।'

नेपाली जनसम्पर्क समिति जापानको नयाँ कार्यकालका लागि सभापतिमा दुई उम्मेदवारहरु डिपी कँडेल र लालबहादुर केसी (रोशन) ले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए। चुनावको पूर्वसन्धामा केसी समूहले चुनावमा सहभागी नहुने जनाउँदै विरोध गरेको थियो।
जापानका ९ वटा क्षेत्रमध्ये ४ क्षेत्र कान्तो, फुकुवका, हिरोसिमा र ओसाकामा धाधँलीरहित र निष्पक्ष तरिकाबाट निर्वाचन सम्पन्न भए पनि बाँकी क्षेत्रमा समस्या देखिएको थियो। जापानका ९ क्षेत्रका ८६६ मध्ये ६७६ मतदाता यिनै ४ वटा क्षेत्रमा रहेका छन्। २ सय मतदाता मात्र रहेका बाँकी ५ क्षेत्रमा निर्वाचन कमिटीले खटाएका प्रतिनिधिलाई अपमानित गर्ने, मतपत्र च्यात्ने जस्ता कार्यमा कामचलाउ सभापति नारायण सुवेदी, सभापतिका उम्मेदवार रोशन केसी लागिपरेको डिपी कँडेल प्यानलले आरोप लगाएको छ।
रामचन्द्र पौडेल निकट मानिएका कँडेलले खुल्लातर्फ एक महामन्त्री र एक कोषाध्यक्ष सहित २९ जनाको उम्मेदवारी प्यानलमा लिएर उत्रेका थिए। कँडेलले पूर्व सभापतिहरू सहित यसअघि सभापतिमा आकांक्षीलाई समेटेर टिमको घोषणा गरेका थिए। जसमा महामन्त्रीमा रामजंग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटालाई खुल्लातर्फ अघि सारेका थिए भने केन्द्रीय सदस्यहरुमा राजेन्द्र जमरकट्टेल, पुस्करजंग थापा, ध्रुवकुमार थापा, हरिप्रसाद कँडेल, पेम्बा लामा, प्रेमप्रसाद कँडेल, जीवन खड्का, साधना घिमिरे, लक्ष्मण थापा, कृष्ण गैरे, दीपकबुर्जा मगर, उल्लास पाण्डे, निरज सापकोटा, राजनकुमार गिरी, लक्ष्मण बानियाँ, बद्री पौडेल, भीम गैरे, मेख लामा, कर्म टाँसी लामा, सुस्मा वाइबा लामा, मीन राशी गुरुङ, कृपन दाहाल, सुजन खड्का, हरिश्चन्द्र बिष्ट, फडीन्द्र शर्मा, डिल्लीराम सिवाकोटी, अर्बिन श्रेष्ठ, नवीन सागर सापकोटा, रामबहादुर कार्की, सुशील पौडेल, मर्म तामाङ, गोपाल सुवेदी, सुरेश गिरी, शरदराज लामिछाने, डा.हरेराम अर्याल रहेका थिए।
शेरबहादुर देउवा निकटका अर्का सभापतिका उम्मेदवार केसीले आफ्नो प्यानलमा रेशम डंगोललाई महामन्त्री र सावित्री लामा ‘लक्ष्मी’लाई कोषाध्यक्षका रुपमा खडा गरेका थिए। केसी प्यानलका सदस्यहरुमा नवराज थापा, सुजन जोशी, पीताम्बर चापागाई ‘पदमपानी’, रामकृष्ण बम मल्ल, विष्णु अर्याल, टीकाराम खरेल, उमानन्द आचार्य, एलएन गुरागाइँ (लक्ष्मण), युवराज अधिकारी, पोषकान्त न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, रामशरण उप्रेती, ध्रुव बस्नेत, वासुदेव बास्ताकोटी, रामप्रसाद बास्तोला, दीपकप्रसाद भुषाल, नृप बुढा रहेका थिए।