चितवन : चितवनमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
भरतपुर उप-महानगरपालिका-१० मा राति १२ बजे पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना३६प २२७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। मृतकहरुमा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट-२ का २९ वर्षीय निराजन न्यौपाने र पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेका छन्।
गम्भीर घाइते भएका उनीहरुको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। भरतपुरस्थित चितवन मेडिकल कलेजअगाडि दुर्घटना भएको थियो। दुवैको शव भरतपुर अस्पतालमा राखिएको छ। सवारी साधनसहित बस चालक प्रहरीको नियन्त्रणमा छन्।