PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'देशमा सिष्टम स्थापित गर्न लागिपरेको छु'



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'देशमा सिष्टम स्थापित गर्न लागिपरेको छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सिष्टम स्थापित गर्न लागिपरेको बताएका छन्।

आज बिहान ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा उनले संविधान संशोधन र कार्यान्वयन, पुनर्निर्माण तथा बेथितिको अन्त्य गर्न सबैको सहयोगको अपेक्षा गरे।

भेटका क्रममा अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति हुने विश्वास लिएका छन्।

दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको भन्दै प्रचण्डले भने, ‘गम्भीर चुनौती पक्कै छन्। तर चुनौतीको सामना गर्ने संकल्पसहित आएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell