PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

चार वर्षकै उमेरमा ९ कक्षा! १५ वर्षकै उमेरमा पिएचडी!



पहिलोपोस्ट

चार वर्षकै उमेरमा ९ कक्षा! १५ वर्षकै उमेरमा पिएचडी!

लखनउ : अनन्या बर्मा उमेरले ५ वर्ष पनि पुगेकी छैनन् तर चर्चित छिन्। शिक्षा विभागको सहमतिमा लखनउको एक विद्यालयमा कक्षा ९ मा भर्ना हुँदा अनन्याको उमेर ४ वर्ष ८ महिना २१ दिन थियो।

दुई वर्षभित्रै उनले युपीको बोर्ड परीक्षामा भाग लिनेछिन्। उनी पास हुन सकिन् भने उनले आफ्नै दिदी सुषमा बर्माले बनाएको रेकर्ड तोड्नेछिन्। सुषमाले ७ वर्षको उमेरमा १० को परीक्षा पूरा गरेकी थिइन् २००७ मा। यी दुवै दिदीबहिनीको विद्यालय भने एकै हो - सेन्ट मिराज इन्टरनेसनल कलेज।

उनको भर्नाबारे जिल्लाका विद्यालय निरीक्षक उमेश त्रिपाठीले भने, 'उनी यति क्षमतावान छिन् कि हामी कसैले पनि उनलाई नौ कक्षमा भर्ना हुनबाट रोक्न सक्दैनौं।'

शिक्षा विभागले गृह शिक्षाको अनुमति कक्षा ८ सम्मका लागि मात्र दिने गर्छ। त्यसपछि स्कुल भर्ना अनिवार्य छ। 'उनी कक्षा ९ का किताब सहजै पढ्छिन् र भर्नाका लागि योग्य छिन्,' त्रिपाठीले भने।

सन् २०११ डिसेम्बर १ मा जन्मिएकी अनन्याका पिता तेजबहादुर बाबासाहेब भीमरावो अम्बेडकर युनिभर्सिटीमा स्यानिटेसनतिर असिस्टेन्ट सुपरभाइजर छन्, जबकि उनकी आमा लेखपढसमेत गर्न जान्दिनन्।

उनका दाजु शैलेन्द्रले १४ वर्षकै उमेर बिसिए पूरा गरिसके। सुषमाले १५ वर्षकै उमेरमा पिएचडीमा भर्ना पाएकी छिन्। सुषमाले सन् २००७ मा ७ वर्ष ३ महिना र २८ दिनमा १० कक्षा पास गरेकी थिइन्। उनलाई १० पास गर्ने सबैभन्दा कम उमेरको विद्यार्थीका रुपमा लिमका बुक अफ रेकर्डमा राखिएको छ। तीन वर्षअघि उनले बिएस्सी पूरा गरिन्।

तेज बहादुरले भने, 'अनन्या एक वर्ष र ९ महिनाकी हुँदा रामायणको सुन्दर काण्ड पढ्न थालेकी थिइन्। उनलाई हामीले पढ कहिल्यै भनेनौं। हामी यस्ता सन्तान पाएकोमा भाग्यमानी छौं।'

अनन्याका प्रधानाध्यापक अनिता रात्रा उनको क्षमताबाट अचम्मित छिन्। 'गएको जूनमा उनी आइन् र कक्षा १० मा भर्नाका लागि भनिन्, उनकी दिदी सुषमाले ९ मा भर्ना पाएकाले आफू १० मा भर्ना पाउनुपर्ने उनको तर्क थियो।'
(टाइम्स अफ इन्डियाबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell