PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

४ वर्षीय बालकको मृत्यु, लापरबाही भएको भन्दै इसान हस्पिटल तोडफोड



सविन ढकाल

४ वर्षीय बालकको मृत्यु, लापरबाही भएको भन्दै इसान हस्पिटल तोडफोड

काठमाडौं : ४ वर्षीय  बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड भएको छ।

तारकेश्वर नगरपालिका निवासी ४ वर्षका बालक वीरविक्रम महर्जनको मृत्यु भएपछि आफन्तजनले 'अस्पतालको लापरबाहीले मृत्यु भएको' भन्दै तोडफोड गरेका हुन्।

बालकलाई राति १ बजे आफन्तले बसुन्धरामा रहेको इसान बाल तथा महिला अस्पताल ल्याएका थिए। बिहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको थियो। त्यसलगत्तै आफन्तले बालकको उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। उनीहरुले बालकलाई भेट्न नदिएको भन्दै अस्पताल तोडफोडसमेत गरे। स्थिति नियन्त्रण लिन प्रहरीले लाठी चार्जसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell