सप्तरी : प्रहरीले राजविराज ठूलो मात्रामा मदिरा बरामद गरेको छ।
राजविराज नगरपालिका–४ बाट करिब ६ क्विन्टल अवैध मदिरा बरामद गरिएको हो। प्रहरीले मदिरा बनाउने सामग्री पनि बरामद गरेको छ।
वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज ब्रह्मदेव साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजविराजका ५, ६ र ९ वडाबाट ती सामग्री फेला पारेको हो।
मदिरा कारोबारमा संलग्न गङ्गा बास्तोला र तारा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।