PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मेरो भ्रमणको परिणाम प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आउँछ : निधि



रमेश वाग्ले

मेरो भ्रमणको परिणाम प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आउँछ : निधि

काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डको आगामी भारत भ्रमणमा त्यसको परिणाम आउने बताएका छन्।

त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै निधिले भने, 'नेपालको विषयमा भारतीय मिडिया, नेता र सरकारले नेपाललाई उच्च प्राथमिकता दिने गरेको पाएँ। उहाँहरुलाई नेपालको विकास र समृद्धिका पक्षमा पाएँ।'

भारत सरकारसँग मुलुकको आन्तरिक मामिलाका विषयमा छलफल भयो कि भन्ने प्रश्नमा उनले भने, 'यो सरकार ३ बुँदे र ७ बुँदे सहमतिको जगमा बनेको हो। त्यसैको आधारमा हामी चल्ने हो।' उनले नेपालको आन्तरिक राजनीतिको मामिलामा कुनै पनि कुराकानी नभएको दावी गरे। उनले आन्तरिक मामिला नेपाल आफैँले सुल्ट्याउने बताए।

तराई/मधेस जोड्ने फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिलाउन निधिले पहल गरेको भन्ने आक्षेप लाग्दै आएको समयमा पत्रकारले सोधे, 'फास्ट ट्र्याक निर्माणको विषयमा पनि छलफल भयो कि?'

उनले कुनै सहमति नभएको प्रस्ट पारे। भने, 'पत्रकारले झुटो कुरालाई पनि समाचार बनाउँछन् भन्ने प्रमाण हो यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell