PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्रीले चियापान गराउँदै स्थानीय निकायबारे धारणा बुझ्ने



पहिलोपोस्ट

कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्रीले चियापान गराउँदै स्थानीय निकायबारे धारणा बुझ्ने

काठमाडौं : स्थानीय निकाय पुनर्संरचनाका बारेमा धारणा तय गर्न काठमाडौं आइपुगेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्री डा. शशांक कोइरालाले घरमै चियापान गराउने भएका छन्।
 
दिउँसो ३ बजे निजी निवास टोखामा बोलाएका कोइरालाले सभापतिहरुसँग स्थानीय निकायको संख्याबारे पनि धारणा बुझ्नेछन्।
 
स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि बनेको स्थानीय निकाय पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय निकायको संख्या तोकेको छ।
 
विभिन्न पार्टीहरुले यस्तो निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै विमति जनाइरहेका छन्। कांग्रेसका देशभरका जिल्ला सभापतिहरुले भने कम्तीमा स्थानीय निकायको संख्या एक हजार बनाउनुपर्नेमा पार्टीलाई सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell