PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​२७ फोटोमा हेर्नुस् एक्लो सन्तानको मृत्युपछि अस्पतालमा भएको तनाव

​२७ फोटोमा हेर्नुस् एक्लो सन्तानको मृत्युपछि अस्पतालमा भएको तनाव

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : इसान बाल तथा महिला अस्पताल बसुन्धरामा ललिता महर्जन अस्पतालको हातामा अचेत अवस्थामा थिइन्। आँखाबाट बलिन्द्रधारा आँसु झरिरेहको थियो। आफ्नो एक मात्र छोरा साढे ३ वर्षीय वीरविक्रमलाई सदाको लागि गुमाएकी थिइन् उनले। 

इसान अस्पतालमा उपचार गराइरहेका वीरविक्रमको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। यता आमा अचेत थिइन्, उता आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँ कारबाहीको माग राख्दै प्रर्दशन गर्‍यो। 

सामान्य रुखा, ज्वरो र बान्ता भएर महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा उनलाई भर्ना गरिएको तर  अस्पतालमा बेड नभएको भन्दै सोमबार राति १ बजे इसान अस्पतालमा लैजान भनेको बालकका बुवा श्यामकृष्ण महर्जनले बताए। 

इसान अस्पताल ल्याउँदा पनि बच्चा सामान्य जस्तै रहेको महर्जनको दावी छ। अस्पतालले बालकलाई आइसियुमा भर्ना गर्‍यो। राति साढे १ बजे अस्पतालको आइसियुमा भर्ना गराएपछि उनका आमाबुवाले आफ्नो बच्चाको जिउँदो शरीर देख्न पाएनन्। 

मृत बालकका काका दीलबहादुर मर्हजन भन्छन्, ‘हामीलाई राति १ बजेदेखि ५ बजेसम्म एकपल्ट पनि बच्चालाई भेट्न दिएन। बिहान एक्कासी तपाईँहरुको बच्चा मर्‍यो भन्यो। बच्चाको अवस्था सामान्य भन्दै विभिन्न प्रकारको औषधी मगाइयो।‘ उनले आफ्नो हातमा भएको औषधीको बिल देखाउँदै भने, ‘पक्कै अस्पतालको लापरबाही हो।‘


के भन्छ अस्पताल?

आफन्तले भर्ना हुँदा बालकको अवस्था सामान्य रहेको भने पनि अस्पतालका डाक्टर भने बच्चाको अवस्था केही गम्भीर रहेको दावी गर्छ। 
‘हामीले अस्पतालमा भर्ना गर्दा बच्चामा कडा निमोनिया थियो। साढे १ बजेदेखि आइसियुमा राखेर उपचार गरेकाले हामीले आफन्तलाई भेट्न नदिएका हौँ।‘ 

‘तर बिहान ५ बजेपछि बच्चाको अवस्था एक्कासी झनै गम्भीर बन्दै गयो। विस्तारै मुटले काम गर्न छोड्यो र कडा निमोनियाका कारणले नै बालकको मृत्यु भयो’, इशान अस्पतालकी चिकित्सक दीपेश्वरा नेपालले बताइन्।

‘चिकित्सकले उपचार गर्ने क्रममा निधन भयो’, उनले भनिन् ‘हामी भगवान त हैनौँ, सबै बिरामीलाई बचाउन सक्ने।‘ 

अस्पतालमा तोडफोड

बालकको लापरबाहीका कारणले मृत्यु भएको भन्दै अस्पताल अगाडि प्रर्दशन गर्ने क्रममा प्रर्दशनकारीले अस्पतालमा ढुङ्गामुढासमेत गरे। ढुङगा लागेर अस्पतालको सिसा फुटेको छ। केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रण समेत लिएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell