PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

विपक्षी दलको बैठकमा ओलीले भने- 'नयाँ सरकारबाट चनाखो हुनूस्'



पहिलोपोस्ट

विपक्षी दलको बैठकमा ओलीले भने- 'नयाँ सरकारबाट चनाखो हुनूस्'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारबाट चनाखो हुन आग्रह गरेका छन्।
 
राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने जनाउँदै त्यसका लागि एकताबद्ध र चनाखो हुन ओलीले आग्रह गरेका हुन्।
 
प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित सिंहदरबारमा बसेको विपक्षी दलको संयुक्त बैठकमा धारणा राख्दै ओलीले यस्तो बताएका हुन्।
 
बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ।
 
बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने जनाएको छ। पछिल्लो राजनीतिक समसामयिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।
 
बैठकमा ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका नेताहरु सहभागी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell