PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

कांग्रेस महामन्त्री शशांकको घरमा जिल्ला सभापतिहरुको जमघट, देउवा र पौडेल पनि सहभागी



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शशांकको घरमा जिल्ला सभापतिहरुको जमघट, देउवा र पौडेल पनि सहभागी

काठमाडौं : स्थानीय निकाय पुनर्संरचनाका बारेमा धारणा तय गर्न काठमाडौं आइपुगेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्री डा. शशांक कोइरालाले घरमै चियापान गराएका छन्।
 
आज दिउँसो निजी निवास टोखामा भेला भएका सभापतिहरुले स्थानीय निकायको संख्याबारे आफ्ना धारणा राखेका छन्। उक्त जमघटमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताहरु पनि सहभागी थिए।
 
स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि बनेको स्थानीय निकाय पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय निकायको संख्या तोके पनि विभिन्न पार्टीहरुले यस्तो निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै विमति जनाइरहेका छन्। कांग्रेसका देशभरका जिल्ला सभापतिहरुले भने कम्तीमा स्थानीय निकायको संख्या एक हजार बनाउनुपर्नेमा पार्टीलाई सुझाव दिएका छन्। (फोटो : युपी लामिछानेको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell