PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

थ्री स्टारको एएफसी कप प्लेअफ खेल्ने सम्भावना बलियो



पहिलोपोस्ट

थ्री स्टारको एएफसी कप प्लेअफ खेल्ने सम्भावना बलियो

काठमाडौं : मंगोलियामा जारी एएफसी कप प्लेअफ क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले कम्बोडियाको नागावर्ल्ड एफसीसँग बराबरी खेल्दै अंक बाँडेको छ।
 
समूहको पहिलो खेलमा घरेलु क्लब एर्चिम एफसीलाई पराजित गरेको थ्री स्टारको अघिल्लो चरण खेल्ने सम्भावना कायमै छ।
 
उलानबटारमा भएको समूह बीको दोस्रो खेलमा थ्री स्टारले नागार्ल्डसँग १-१ गोलको बराबरी खेलेको हो। एक गोलले पछि परेको स्थितिमा थ्री स्टारले गोल फर्काएको हो।
 
खेलको २८ औं मिनेटमा सभारानले गोल गर्दै उलानबटारले पहिले अग्रता लिएको हो। तर दोस्रो हाफमा थ्री स्टार बराबरी गोल गर्न सफल भयो। ८५ औं मिनेटमा थ्री स्टारका मार्टिनले बराबरी गोल गरे। त्यसको एक मिनेटपछि नै गोलरक्षकले रातो कार्डको सामना गरेपछि अन्तिम ५ मिनेट नागावर्ल्डले १० खेलाडीमा रहेर खेलेको थियो।
 
नागावर्ल्डसँग बराबरी खेले पनि पहिलो खेलमा एर्चिमलाई २-० ले हराएको थ्री स्टारको समूह बीमा ४ अंक भएको छ र अघिल्लो खेलमा प्रवेश गर्ने सम्भावना कायमै छ। नागावर्ल्डलाई हराएको भए थ्री स्टार एक एर्चिम र नागावर्ल्डको खेल अगावै प्लेअफ चरणमा पुग्ने थियो।
 
अब यी दुई क्लबबीचको खेलले समूह विजेताको छिनोफानो गर्नेछ। एर्चिम र नागावर्ल्डले बराबरी खेले वा एर्चिमले नागावर्ल्डलाई पराजित गरेको थ्री स्टार स्वत अघिल्लो चरण प्रवेश गर्नेछ। तर एर्चिमलाई नागावर्ल्ड पराजित गरेको खण्डमा भने नागावर्ल्डको पनि थ्री स्टार समान ४ अंक हुनेछ र गोल अन्तरका आधारमा अघिल्लो चरण प्रवेश गर्ने क्लबको टुङ्गो लाग्नेछ।
 
एर्चिम र नागावर्ल्डबीचको खेल बिहीबार हुनेछ। एर्चिमलाई २ गोलभन्दा बढीको अन्तरमा हराए मात्र नागावर्ल्ड समूह विजेता बन्नेछ। घरेलु क्लब एर्चिमको अघिल्लो चरण पुग्ने सम्भावना भने टुंगिएको छ।
 
प्लेअफ क्वालिफायरमा कुल ९ क्लबको सहभागिता रहेको छ। जसलाई ३ समूहका विभाजन गरिएको छ। ३ वटै समूहको विजेता अघिल्लो चरणमा प्रवेश गर्नेछ। (फोटो : नवीन लुइटेलको फेसबुक पेजबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell