PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

शेर्पा कप युवा क्रिकेट प्रतियोगिता भदौ ९ देखि



पहिलोपोस्ट

काठमाडौं : प्रथम शेर्पा कप युवा क्रिकेट प्रतियोगिता हुने भएको छ।
 
नेपाल शेर्पा युवा संघको प्रथम वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो। भदौ ९ गतेदेखि १९ सम्म सञ्चालन हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको क्रिकेट मैदानमा हुनेछ।
 
प्रतियोगितामा कुल ३२ टीमलाई सहभागिताको लागि निम्ता पठाएको तर २२ देखि २४ टीमसम्मले भाग लिने आयोजक शेर्पा युवा संघले बताएको छ।
 
टी २० फर्म्याटमा खेलाइने प्रतियोगिताका खेलहरु नकआउट राउण्डका आधारमा खेलाइनेछ।
 
जसमा विभिन्न क्याम्पस क्रिकेट एकेडेमीहरुले भाग लिनेछन्। यस्तै सहभागी हरेक टीमले दुई जनासम्म राष्ट्रिय स्तरका खेलाडी राख्न पाउनेछन्। तर ती खेलाडीहरुले कुनै पनि लेभलको अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको हुनुपर्नेछ।
 
आयोजक शेर्पा संघका उपाध्यक्ष आङदावा शेर्पाले प्रतियोगितामा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेले नखेलेको आफूहरुले परीक्षण गरेर मात्र प्रतियोगितामा सहभागी गराउने बताए।
 
प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार पाउनेछन्। यस्तै हरेक खेलको म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान अफ टुर्नामेन्ट र बेस्ट बलर अफ टुर्नामेन्टलाई पुरस्कार दिने आयोजकले जानकारी दिएको छ।
 
युवाहरुमा रहेको रहेको खेल प्रतिभालाई उजागर गर्न, खेलमा रुचि भएकाहरुलाई यही क्षेत्रमा भविष्य निर्माणका लागि सहयोग गर्न, स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीबीच सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको संघले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell