PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

२६ गाडी अनुगमन गर्दा २५ कारबाहीमा, महानगर यातायात नै यात्रु ठग!



पहिलोपोस्ट

२६ गाडी अनुगमन गर्दा २५ कारबाहीमा, महानगर यातायात नै यात्रु ठग!

काठमाडौं : काठमाडौंको तीनकुने र गौशालामा २६ सार्वजनिक गाडीमा गरिएको अनुगमनमा २५ सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको भेटिएको छ। यस्ता सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको छ। 

आपुर्ति ब्यवस्थापन विभागका शाखा अधिकृत लोकबहादुर कार्की नेतृत्वको टोलीले गरेको अनुगमनमा महानगर यातायातले नै बदमासी गरेको पाइएको हो। महानगर यातायातका ना ४ ख ११० र ना ४ ख ११९ नम्बरका गाडीले बढी भाडा उठाएको भेटियो। दुवैलाई ५/५ हजार रुपैयाँको चिट काटिएको छ। 

अधिकांश सवारी साधनले १३ रुपैयाँ भाडा लिनु पर्नेमा १५ रुपैयाँ लिएका र १७ रुपैयाँ भाडा लिनुपर्नेमा २० रुपैयाँ लिएको पाइयो। यसरी पैशा बढी लिने गाडीलाई पनि ५ हजार रुपैँया जरिवाना गरिएको छ। अनुगमनमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र उपभोक्ता अधिकारकर्मीको समेत सहभागिता थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell