PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

कांग्रेसले टुंग्यायो सरकारमा पठाउने मन्त्रीको नाम, गगन थापासहित कोको जाँदैछन्?



पहिलोपोस्ट

कांग्रेसले टुंग्यायो सरकारमा पठाउने मन्त्रीको नाम, गगन थापासहित कोको जाँदैछन्?

काठमाडौं : सरकारमा पठाउने मन्त्रीहरुबारे टुंगो लगाउन नसकेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आफ्ना पक्षबाट छुट्टाछट्टै नाम टुंगो लगाएका छन्।
 
पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट परराष्ट्रमा डा. प्रकाशशरण महत, रक्षामा बालकृष्ण खाँड, पर्यटनमा जीवनबहादुर शाही, सामान्य प्रशासन राज्यमन्त्रीमा मीनबहादुर विक र शिक्षामन्त्रीमा अर्जुननरसिंह केसीलाई पठाउने तयारी छ।
 
रामचन्द्र पौडेल पक्षले पाँच मन्त्री दाबी गरे पनि अहिलेलाई चार जनाको नाम जाँदैछन्। मन्त्रालय टुंगो नलागे पनि सीतादेवी यादव, नवीन्द्रराज जोशी, दीपक गिरी र रोमी गौचन थकालीलाई सिफारिस गर्ने पौडेल पक्षको तयारी छ। उता सिटौला पक्षकाहरुले भने भीमसेनदास प्रधान वा गगन थापामध्ये एकलाई मन्त्री बनाउँदैछन्।
 
खुमबहादुर खड्काको तर्फबाट भने टुंगो लागिसकेको छैन। शंकर भण्डारीको सामान्य चर्चा भए पनि सम्भावना नरहेको एक नेताले बताए।
 
नेता पूर्णबहादुर खड्कालाई देउवाले सामान्य प्रशासन मन्त्रीमा अफर गरे पनि खड्काले चासो नदेखाएको स्रोतले बतायो। अर्का नेता खाँड र महतलाई भने मन्त्री बनाएर देउवाले थुमथुम्याउने खोजेको बुझिन्छ।
 
पौडेल पक्षबाट मधेसी, आदिवासीकै प्रतिनिधित्व गर्ने गरी सीतादेवीलाई पठाउने तयारी छ। राज्यमन्त्रीमा भने अन्य महिला नै पठाउने पनि उसको तयारी छ।

१३ मन्त्रालय पाएको कांग्रेसले दुई मन्त्री यसअघि नै पठाइसकेकाले अब ११ मन्त्री पठाउन बाँकी छ। (फोटो : युपी लामिछानेको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell