PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मन्त्रिपरिषद्को बैठकमा दुई उपप्रधानमन्त्रीको भ्रमणको समीक्षा, बजार अनुगमन अनुमोदन



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठकमा दुई उपप्रधानमन्त्रीको भ्रमणको समीक्षा, बजार अनुगमन अनुमोदन

काठमाडौं : मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकारका विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीले गरेको भारत र चीन भ्रमणको समीक्षा गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सरकार गठनपछि छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको निष्कर्ष निकालेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले ‘विशेष दुतहरुको भारत र चीन भ्रमणले छिमेकीसँगको सम्बन्ध नयाँ उठाईमा विकसित भएको’ बताए। मन्त्री कार्कीले भने, ‘दुवै विशेष दुतले भ्रमणको संक्षिप्त जानकारी गराए।

सरकारका प्राथमिकताप्रति दुवै छिमेकीले सकारात्मक चासो राखेको उनीहरुले बताए।

'भारत र चीनको सरकार, नागरिक समाज र राजनीतिक नेतृत्वले नेपालको संक्रमणकालमा सकारात्मक सदासयता राखेको कुरा उपप्रधानमन्त्रीज्यूहरुले जानकारी गराउनुभयो,’ उनले भने। 

बैठकले राष्ट्रिय विपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धी आएको विधेयक समितिमा पठाउने निर्णय गरेको छ। साथै बैठकले प्रधानमन्त्रीको
निर्देशनमा बजार अनुगमनमा भएको प्रगतिलाई पनि अनुमोदन गरेको छ। सो क्रममा प्रधानमन्त्रीको निर्देशन र आपूर्ति मन्त्रालयको पहलमा गरिएको संयुक्त बजार अनुगमन टोलीले कालोबजारी, कृत्रिम  अभाव, म्याद नाघेका सामान बिक्री गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याएको पनि प्रवक्ता कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell