PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

जग्गा नामसारी गरी बिक्री गर्ने 'नक्कली छोरा'हरु जेल चलान



पहिलोपोस्ट

जग्गा नामसारी गरी बिक्री गर्ने 'नक्कली छोरा'हरु जेल चलान

काठमाडौं : नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ।
 
काठमाडौं महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुसिबु टाउन प्लानिङ बस्ने ५६ वर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्रेको हो।
 
ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरुलाई जनही १ वर्ष कैद र ७ लाख ३१ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएपछि फरार थिए। खोजीमा रहेको प्रहरीले नयाँबजारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
 
उनीहरुले रगतको साइनो नभएकी तर आफूहरुलाई पालनपोषण गर्ने अमिला बिबीको शेषपछिको हकदार हामी हौं भनेर अमिला बिबी र दिवर बज्यु नामका दुई फरक व्यक्ति एकै हुन् भनी झुटो नक्कली मृत्यु दर्ता र नाता प्रमाणितका कागजात बताएका थिए। अमिला विबीको नाममा दर्ता स्रेस्ता कायम रहेको साङ्गला गाविस–९(ग) कि.नं. ११९ क्षेत्रफल २–११–३ भएको जग्गा २०६३ मंसिरमा आफ्ना नाममा नामसारी गराएका थिए। पछि सो जग्गा ४ लाख ७० हजार रुपैयाँमा बिक्री गरेर उनीहरुले रकम बाँडेको प्रहरीले बताएको छ।
 
पक्राउ दुवैलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell