
स्कटिस क्लब सेल्टिक, फ्रान्सेली क्लब मोनाको र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन्। प्लेअफमा विजयी हुँदै सेल्टिकऽ मोनाको र पोर्टो छनोट हुँदा इटालियन क्लब रोमा र स्पानिस क्लब भिल्लारियल छनोट हुन असफल भएका छन्।
दोस्रो लेगको छनोट खेलमा हापोल बिर सिभासँग २-० ले हारे पनि समग्रमा ५-४ को नतिजामा विजयी हुँदे सेल्टिक च्याम्पियन्स लिगको लागि छनोट भएको हो।
इजरायली क्लबका लागि बेन साहर र ओविडिउ होवानले गोल गरे पनि अघिल्लो चरण पुग्न त्यो पर्याप्त भएन्।
घरेलु मैदानमा भएको पहिलो लेगमा सेल्टिकले बिस सिभालाई ५-२ ले पराजित गरेको थियो।
लिभरपुलका पूर्व प्रशिक्षक ब्रेण्डन रोजर्सको नेतृत्वमा रहेको सेल्टिक तीन वर्षयता पहिलो पटक च्याम्पियन्स लिगमा भनोट हुँदा ३० मिलियन पाउण्ड समते कमाएको छ।
अर्को खेलमा ९ खेलमा रहेर खेलको अन्त्य गरेको रोमालाई पोर्टोले ३-० ले हरायो।
पोर्टोको जितमा फेलिप, मिगुएल लायुन र जेसस कोरोनाले गोल गरे। ड्यानी डे रोसी र इमरसनले रातो कार्डको सामना गरेपछि रोमाले अन्तिम ४० मिनेट ९ खेलाडीमा रहेर खेलेको थियो।
पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको पोर्टो समग्रमा ४-१ ले विजयी हुँदै च्यापियन्स लिगको समूह चरणका लागि छनोट भएको हो।
यस्तै दोस्रो लेगमा फाविन्होले पेनाल्टीमा गोल गर्दै १-० को जित दिलाएपछि मोनाकोले भिल्लारियललाई समग्रमा ३-१ ले हरायो। पहिलो खेलमा मोनाकोले भिल्लारियललाई २-१ ले पराजित गरेको थियो।
चेक चणतन्त्रको क्लब भिक्टोरियो प्लेजनलाई समग्रमा ४-२ ले हराउँदै बुल्गेरियन क्लब लुडोगोरेट्स राजगार्ड पनि च्याम्पियन्स लिगमा छनोट भएको छ।
दोस्रो लेगमा २-२ गोलको बरारबी खेलेपनि पहिलो लेगमा २-० ले विजयी भएको लुडोरेट्स ४-३ ले विजयी भएको हो।
पोलिस क्लब लेगिअ वार्सा पनि च्याम्पियन्स लिगमा छनोट भएको छ। दोस्रो लेगमा आइरिस क्लब डेनडकसँग १-१ को बराबरी खेले पनि वार्सा समग्रमा ३-१ ले विजयी भएके हो। पहिलो लेग वार्साले २-० ले जितेको थियो।