PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

अनलाइन जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : अनलाइनमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
सर्लाहीको जमुनिया गाविस-२ घर भएका रायन राय भन्ने रामवीर कुमार रायलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो। रायले अनलाइनमा आकर्षक तलब, गाडी लगायतका सुविधा भएको भनी लोभमा पारी कम्तीमा ११ जनासँग जनही १६ हजार रुपैयाँ लिने गरेका थिए।
 
रायले कलंकीमा इन्टरनेशनल आइटी नेपाल नामको अफिस खोली सञ्चालन गर्दै आएका थिए। तीन महिनासम्म काम लगाएर रायले तलब नदिएको कर्मचारीबाट उजुरी पुगेपछि उनी पक्राउ परेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell