PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

वेल्डिङको काम गर्ने क्रममा आगलागी हुँदा फर्निचर उद्योगमा क्षति



पहिलोपोस्ट

काठमाडौं : बानेश्वरको फर्निचर उद्योगमा आगलागी भएको छ।
 
आज बिहान साढे १० बजे करेन्ट सर्ट भई आगलागी भएको हो। करिब आधा घन्टामा नेपाल प्रहरी, सशस्त्र, जुद्ध वारुद्ध यन्त्र तथा ललितपुर र भक्तपुरबाट आएका दमकलले आगो नियन्त्रणमा लिएका थिए।

आगो नियन्त्रणमा लिने क्रममा शसस्त्र प्रहरीका एक जवान घाइते भएका छन्। उक्त दुर्घटनामा करिब १५ लाख क्षति भएको प्रहरीले बताएको छ। इमेजिन फर्निचर उद्योगमा वेल्डिङको काम गर्दा आगो सल्किएको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell