PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

भूकम्पले क्षति पुर्‍याएको चाँगुनारायणमा गरियो सरसफाइ



पहिलोपोस्ट

भूकम्पले क्षति पुर्‍याएको चाँगुनारायणमा गरियो सरसफाइ

भक्तपुर : विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ गरिएको छ।


हिमालयन एड्भेन्चर ट्रष्ट (ह्याट,नेपाल) को आयोजना र नेपाल पर्वतारोहण संघको सहयोगमा चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै दक्षिणतर्फको पाखामा बिरुवा रोपिएको ह्याटमा अध्यक्ष भूमिलाल लामाले बताए।


यहाँ लौठसल्ला, रुद्राक्ष, एभोकार्डो, दालचिनी (तेज पत्ता), असारे, स्यालपुच्छ्रे, माइकेलिया चम्पा लगायत विभिन्न प्रजातिका ५० बिरुवा रोपिएको थियो।

यस्तै, आयोजक संस्थाहरुले स्थानीय तीन वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वातावरणीय चेतना अभिवृद्धि तालिम प्रदान गरेका थिए। सो अवसरमा जलवायु परिवर्तनले नेपालमा परेको असरका सम्बन्धमा जनसंख्या तथा वातावरण मन्त्रालयले तयार पारेको वृतचित्र पनि प्रदर्शन गरियो।
 
हिमालयन एड्भेन्चर ट्रष्टका तर्फबाट फोहर मैला संकलनका लागि चाँगुनारायण मन्दीर व्यवस्थापन समितिलाई डस्टबिन प्रदान गरिएको छ।
 
गतवर्षको भूकम्पले चाँगुनारायण मन्दिरमा क्षति पुगेको छ। अहिले मन्दिरलाई टेका दिएर जोगाइएको छ। यस वरपरका छिन्नामस्ता, लक्ष्मीनारायण, नाटेश्वर यटुमजु र कान्तिभैरव मन्दिर सहित चाँगुनारायणको वरिपरि रहेको सत्तल ध्वस्त भएका थिए। तिनको पुननिर्माण हुन बाँकी नै छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell