
बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वकै सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीको उत्कृष्ट १० मा परेकी छिन्।
अमेरिकी म्यागजिन फोर्ब्सले जारी गरेको उक्त सूचीमा दीपिका दसौं स्थानमा छिन्।
उनको कमाइ १० मिलियन अमेरिकी डलर रहेको छ। उक्त सूचीमा पर्ने उनी एक मात्र भारतीय अभिनेत्री समेत हुन्।
पछिल्लो समय 'बाजिरायो मस्तानी' र 'पिकु' जस्ता जस्ता सफल बलिउड फिल्ममा अभिनय गरेकी उनी यस वर्ष फोर्ब्सको शीर्ष १० मा प्रवेश पाउने नयाँ अभिनेत्री हुन्।
सन् २००७ मा 'ओम शान्ति ओम' मार्फत बलिउड पर्दामा डेब्यु गरेकी दीपिकाले त्यसपछि सय करोड क्लबमा परेका विभिन्न फिल्ममा अभिनय गरिसकेकी छिन्।
यति बेला भने 'ट्रिपल एक्स द रिटर्न अफ जेन्डर केज'मा अभिनय गरेका कारण उनी चर्चामा छिन्। भान डिजेलसँगै पर्दामा देखिने दीपिकाको यो हलिउड डेब्यु फिल्म हो।
शीर्ष १० मा चिनियाँ अभिनेत्री फ्यान बिङबिङ पनि लगातार दोस्रो वर्ष फोर्ब्सको सूचीमा पर्न सफल भएकी छिन्। अफ्रिकन-अमेरिकन चार्लिज थेरोन सन् २०१३ पछि पहिलो पटक शीर्ष १० मा अटाएकी छिन्।
'टप टेन'भित्र कोको?
१. जेनिफर लरेन्स : ४६ मिलियन२. मेलिसा म्याकार्थी : ३३ मिलियन
३. स्कारलेट जोनसन : २५ मिलियन
४. जेनिफर एनिस्टन : २१ मिलियन
५. फ्यान बिङबिङ : १७ मिलियन
६. चार्लिज थेरोन : १६.५ मिलियन
७. एमी एडम्स : १३.५ मिलियन
८. जुलिया रोवर्टस : १२ मिलियन
९. मिला कुनिस : ११ मिलियन
१०. दीपिका पादुकोण : १० मिलियन