PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

पानीको जारभित्र अखाद्य वस्तु मिसाई कम्पनी सञ्चालकसँग ब्ल्याकमेलिङ गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : जारको बिर्को खोली त्यसमा अखाद्य वस्तु मिसाएर पानी कम्पनीसँग ब्ल्याकमेलिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेहरुमा पाल्पा घर भई हाल मनमैजु बस्ने २९ वर्षीय दीपेन्द्र पौडेल र गोरखाको पालुङटार स्थायी घर भई हाल मनमैजुमै बस्ने २४ वर्षीय सुनिल देवकोटा रहेका छन्।
 
उनीहरुले बालजुमा रहेको त्रिशूली मिनरल वाटर कम्पनीले उत्पादन गर्ने पानीको जारमा अखाद्य वस्तु मिसाएर सञ्चालक होमबहादुर देवकोटालाई फोटो खिची कारबाही गर्ने भन्दै ५ लाख रुपैयाँ माग गरेका थिए। पैसा दिँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell