PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई कस्तो पत्र पठाए? सार्वजनिक गर्न एमालेको माग



सविन ढकाल

​प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई कस्तो पत्र पठाए? सार्वजनिक गर्न एमालेको माग

काठमाडौँ : एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय प्रधानमन्त्रीलाई संविधान संशोधनको विषयमा पत्र पठाएको दावी गरेका छन्।

पत्र पठाएर नेपालीहरुको शिर झुकाउने काम गरेको आरोप लगाउँदै पोखरेलले पत्र तत्काल सार्वजनिक गर्न माग गरे। पत्रले सार्वभौम राष्ट्रको स्वतन्त्र निर्णय गर्ने कार्यलाई बाधा गरेको समेत उनले बताए। अहिले संविधान संशोधनको विषय विदेशी भूमिमा गएर भइरहेकाले त्यसप्रति एमालेको गम्भीर आपत्ति रहेको उनले बताए।


मंगलबार सम्पन्न नेकपा एमाले स्थायी समितिको ४३ औ बैठकले गरेको निर्णयबारे जानकारी दिन पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले बैठकले अहिलेको सरकारले राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउने खेल शुरु गरेको आरोप समेत लगाएको जानकारी दिए।

अहिलेका सरकारकार मन्त्रीको संचार माध्यममा आएका अभिव्यक्तिहरु पनि गैरजिम्मेवार रहेको पोखरेलको आरोप थियो। एमालेले स्थानीय तहहरुको संरचना पुनर्संरचना आयोगले गरेको सिफारिश बमोजिम नै हुनुपर्ने निर्णय गरेको छ।  दलीय र क्षेत्रीय स्वार्थको आधारमा पुर्नसंरचना गर्न नमिल्ने उनले बताए। बैठकले तोकिएको समयमै चुनाव हुनपर्नेमा जोड दिएको छ। हिलेको सरकारले चुनाव नगर्ने षड्यन्त्र गरिरहेकोको आरोप उनले लगाए। 

नयाँ सरकारले संविधान कार्यान्वयनलाई धरापमा पारेर मुलुकलाई अनिश्चिय र अस्थिरतातर्फ लैजाने कोशिश गरिरहेको निश्कर्ष बैठकले निकालेको छ।

पार्टी सचिव तथा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकले गरेका निर्णयहरु पढेर सुनाए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गर्ने भनिए पनि उनी अस्वस्थताका कारण अनुपस्थित रहेको भट्टराईले जानकारी दिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell