PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

ठोरीमा फेरि हात्ती आतंक, तीन वटा घरमा क्षति, धानबाली नष्ट



पहिलोपोस्ट

ठोरीमा फेरि हात्ती आतंक, तीन वटा घरमा क्षति, धानबाली नष्ट

वीरगन्ज : पर्साको सुदूरपश्चिम गाविस ठोरीमा फेरि पनि हात्तीले आतंक मच्चाएको छ।
 
चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँमा पसेको जंगली हात्तीको समूहले तीन वटा घर भत्काउनुको साथै पसाउन लागेको धान बाली नष्ट गरेको छ।
 
मंगलबारदेखि नै ठोरीको जनजीवन आतंकित बनेको स्थानीय सञ्चारकर्मी प्रेम लामाले बताएका छन्। हात्तीले ठोरी-३ का बुद्धिमान गोले, पुड्क बिक र कालुमान तामाङको भान्साघर भत्काएर क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी नायव निरीक्षक टलकबहादुर भण्डारीले जानकारी दिए।
 
चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट ठोरी- ५ तर्फको गाउँमा पसेको जंगली हात्तीले हर्कबहादुर सुनार र सोही वडाका मनबहादुर घलानको ५/५ कठ्ठामा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ। रातभर गाउँ डुलेर आतंक मच्चाएको हात्तीले ठोरी-३ बस्ने रामबहादुर विक, चन्द्रबहादुर कोइराला, सन्तबहादुर लोप्चन र कृष्णबहादुर मोक्तानको खेतमा लगाएको धानबाली खानुका साथै कुल्चेर क्षति पुर्‍याएको स्थानीय कमलविक्रम तिमिल्सिनाले बताए।(फाइल फोटो : travelingcanucks.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell