PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

लागुऔषध कारोबारको अभियोगमा पक्राउ संघाईमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप



सविन ढकाल

लागुऔषध कारोबारको अभियोगमा पक्राउ संघाईमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप

काठमाडौं : लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ सिउडोइफेड्रिनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रतन संघाईलाई अनुसन्धानको लागि १५ को म्याद थप गरिएको छ। उनी साउन १६ गते पक्राउ परेका थिए।
 
ललितपुर जिल्ला अदालतले आजबाट १५ दिनको लागि म्याद थप गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी वीरेन्द्रबहादुर श्रेष्ठले बताए।
 
अनुसन्धान भइरहेको र फरार अभियुक्त पक्राउ गरी थप प्रमाण जुटाउन म्याद थप गरिएको श्रेष्ठले बताए। संघाईमाथि म्याद थप गरिएको यो तेस्रो पटक हो। प्रहरीले ९० दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न पाउने प्रावधान छ।
 
संघाईले ललितपुर-६ स्थित पाटन औद्योगिक क्षेत्रमा सञ्चालित प्लास्टिक उद्योगमा प्रहरीले छापा मार्दा लागुऔषध बनाउन प्रयोग हुने ४ सय ७१ ग्राम सिउडोइफेड्रिन बरामद गरको थियो। लागुऔषधको कारोबामा संलग्नता रहेको भनिएका बारा गढिमाई-७ जितपुरका पवन संघाई भने फरार छन्। उनी आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक हुन्।

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell