PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

आपूर्ति मन्त्रालयको बजार अनुगमन तीव्र, कारबाहीमा ग्यास उद्योग र सवारीसाधन पनि



पहिलोपोस्ट

आपूर्ति मन्त्रालयको बजार अनुगमन तीव्र, कारबाहीमा ग्यास उद्योग र सवारीसाधन पनि

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। बजारमा म्याद नाघेका अखाद्य वस्तुको बिक्रीवितरण बढेको र कालोबजारीमार्फत मूल्य बढाई उपभोक्तालाई ठग्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले साउन ३१ गतेदेखि अनुगमनलाई तीव्र बनाएको हो।
 
विभिन्न खाद्य उद्योग, पसलका साथै मन्त्रालयको विभागीय टोलीले ग्यास उद्योगका र सवारी साधनमा भइरहेको ठगीमाथि पनि अनुगमन गरिरहेको छ।
 
यसैक्रममा बुधबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले राजधानीका विभिन्न पसल, उद्योगमा अनुगमन गरी तिनलाई कारबाही गरेको छ।
 
कारबाहीमा कलंकीको श्रीकृष्ण ग्यास उद्योग, नारायणी ग्यास उद्योगका साथै विभिन्न मिष्ठान्न भण्डार र किराना पसल पनि छन्। यस्तै, टोलीले एयरपोर्ट र पुल्चोक क्षेत्रमा सार्वजनिक सवारी साधनमाथि अनुगमन गर्दा बढी भाडा लिने गाडी र मिटरमा जान नमान्ने ट्याक्सीमाथि पनि कारबाही गरेको छ।
 
कोको परे कारबाहीमा?
बुधबार टोलीले गरेको कारबाहीमा कोको परे र तिनलाई केके कारबाही गरियो? हेर्नुस् तालिकामा-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell