PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पूर्व जनमुक्ति सेनाका घाइतेहरुको गुनासो- 'उपचार भएन, खोइ पहिचानको परिचयपत्र?'



पहिलोपोस्ट

पूर्व जनमुक्ति सेनाका घाइतेहरुको गुनासो- 'उपचार भएन, खोइ पहिचानको परिचयपत्र?'

काठमाडौं : पूर्व जनमुक्ति सेनाका घाइते तथा अपांगहरुले अझै पनि उचित उपचार हुन नसकेको गुनासो गरेका छन्।
 
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरी उनीहरुले यस्तो गुनासो सुनाएका हुन्।
 
जीवन निर्वाह भत्ता अत्यन्तै न्युन भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचयपत्रको व्यवस्था नभएको उनीहरुको भनाइ छ।
  
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन्।
 
भेटमा प्रधानमन्त्रीले ‘घाइते योद्धाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने' प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell