PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

युरोपियन च्याम्पियन्स लिगको ड्र आज हुँदै, कुनकुन हुन् ३२ क्लब?



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिगको ड्र आज हुँदै, कुनकुन हुन् ३२ क्लब?

प्लेअफ चरणअन्तर्गत दोस्रो लेगको खेल समाप्तिसँगै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने ३२ वटै क्लबको टुङ्गो लागिसकेको छ।
 
यसभित्र पर्नका लागि इंगलिस क्लब म्यानचेष्टर सिटीले समेत प्लेअफ राउण्ड पार गर्नुपर्‍यो। तर चार पटकको विजेता डच अजाक्स र इटालियन क्लब रोमा भने प्लेअफबाटै बाहिरिए।
 
च्यामिपयन्स लिगमा छनोट भएका ३२ क्लबको ग्रुप स्टेज ड्र आजै हुँदैछ।
 
फ्रान्सको मोनाकोमा बेलुका ६ बजे हुने उक्त कार्यक्रम नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ।
 
उक्त ड्र कार्यक्रममै युरोपको उत्कृष्ट खेलाडीको समेत घोषणा हुनेछ। जसमा लागि यसअघि नै अन्तिम तीन खेलाडीको सूची सार्वजनिक भइसकेको छ। पोर्चुगलका  क्रिस्टियानो रोनाल्डो, वेल्सका गारेथ बेल र फ्रान्सका करिम एन्टोनी ग्रिजमन यस सूचीमा परेका छन्।
  

कुनकुन हुन् ३२ क्लब?


गत सिजनको च्याम्पियन्स लिगमा स्पेनबाट सर्वाधिक ५ क्लब छनोट भएका थिए। तर यस पटक भने स्पेन, इंगल्याण्ड र जर्मनीबाट सर्वाधिक ४/४ क्लब छनोट भएका छन्।
 
स्पेनबाट डिफेन्डिङ च्याम्पियन रियल मड्रिडसँगै, ला लिगा च्याम्पियन बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिया रहेका छन्।
 
इंगल्याण्डबाट, प्रिमियर लिग च्यामिपयन लेस्टर सिटी, आर्सनल, टोटनहम र म्यानचेष्टर सिटी छन्।
 
यस्तै जर्मनीबाट बुण्डेसलिगा च्याम्पियन वायर्न म्युनिखसँगै बोरुसिया डर्टमण्ड, वायनै लेभरकुजन र बोरुसिया मोन्चेनग्लाडवाच रहेका छन्।
 
फ्रान्स र पोर्चुगलबाट ३/३ क्लब, इटली, रसिया २/२ क्लब छन्।
 
स्विट्जरल्याण्ड, युक्रेन, नेदरल्याण्ड, बेल्जियम, स्कटल्याण्ड, टर्की, पोल्याण्ड, क्रोएसिया, बुलगेरिया र डेनमार्कबाट १/१ क्लब छनोट भएका छन्।
 
छनोट भएका ३२ क्लबलाई ४ पटमा विभाजन गरिएको छ। हरेक पटबाट १/१ क्लब मात्र एउटा समूहमा पर्नेछन्।
 
पट १ : रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, वायर्न म्युनिख, युभेन्ट्स, वेनफिका, पेरिस सेन्ट जर्मेन, सिएसकेए मस्को
पट २ : एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड, आर्सनल, म्यानचेष्टर सिटी, सेभिया पोर्टो, नेपोली, वायनर लेभरकुजन
पट ३ : बासेल, टोटनहम हट्सपर, डाइनामो किभ, लियोन, पिएसभी आइण्डहोभन, स्पोटिङ सिपी, कलब ब्रुग, बोरुसिया मोन्चेनग्लाडवाच
पट ४ : सेल्टिक, मोनाको, बेसिकटास, लेगि वार्सा, डाइनामो जाग्रेब, लुडोगोरेट्स राजगार्ड, एफसी कोपनहेगन, रोस्तोभ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell