सप्तरी : सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा-१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट गाँजासहित एउटा सिक्सर पेस्तोल बरामद गरेको हो। भण्डारीले पनि उनलाई नियन्त्रणमा लिएको छ।
घरमा लुकाइराखेको नौ वटा बोरामा प्याक गरिएको गाँजा र पेस्तोल अनि दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।
उनीबाट प्रहरीले दुई वटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ। रासस