PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रचण्डजीले साँचो बोल्ने हैसियत गुमाइसक्नुभएको छ : केपी ओली



सविन ढकाल

प्रचण्डजीले साँचो बोल्ने हैसियत गुमाइसक्नुभएको छ : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँचो बोल्ने हैसियत गुमाएको आरोप लगाएका छन्। अरुलाई स्पष्ट पार्ने कुरा नपाएपछि भ्रम फिँजाएको समेत उनले बताए।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले 'तपाईंले मंसिरमा चुनाव नगराउने भएपछि माओवादीले गठबन्धन तोडेको हो?' भनेर सोधेको प्रश्नमा ओलीको यस्तो जवाफ आएको हो।
 
उनी आज स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंकक उडेका छन्।
 
'एक महिनासम्म पनि मन्त्रिपरिषद विस्तार नगर्ने सरकारले कसरी जनताको समस्या समाधान गर्न सक्छ?' भनी उनले प्रश्न गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, 'कार्यकर्ताकै चिन्तामा रुमल्लिने सरकारले आम जनतालाई कसरी सम्बोधन गर्न सक्छ?'
 
संविधान संशोधनका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले संविधान परिवर्तनशील भएकाले समय-समयमा संशोधन आवश्यक भए पनि सबैको सहमति अपरिहार्य रहेको बताए। संशोधनका विषयमा एमालेसँग कुनै सल्लाह न नगरिएको उनको भनाइ छ। 'अरुसँग संशोधनका लागि सहमति जुटिसक्यो रे,' उनले भने, 'सबैको सहमति हुनुपर्छ। तर जति बेला पनि संशोधनकै कुरा मात्रै गरिराख्नु बेकार हो।'
 
ओली उपचारका लागि थाई एयरवेजको विमानमार्फत बैंकक गएका हुन्। श्रीमती र आफन्तसहित गएका उनी दुई सातापछि फर्कनेछन्। यसअघि प्रधानमन्त्री नहुँदै पनि उनको उपचार थाइल्यान्डमा गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell