PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

नगरकोटमा जन्ती बोकेको बस दुर्घटना, ४१ जना घाइते



पहिलोपोस्ट

भक्तपुर : नगरकोटमा आज भएको जन्ती बस दुर्घटनामा ४१ जना घाइते भएका छन्।
  
जन्ती लिएर कोटेश्वर जाँदै गरेको बा ४ ख १९०४ नम्बरको बस दुर्घटना भएको हो। घाइतेमध्ये २१ जनाको मध्यपुर थिमि अस्पताल, १८ जनाको भक्तपुर अस्पताल र दुई जनाको जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य नै रहेको भक्तपुर जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी किरण बज्राचार्यले बताइन्।
 
२५ सिट क्षमताको भए पनि बसमा ४१ जना जन्ती चढेका थिए। बसको स्टेरिङ खराब भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। गाडी सडकबाट २० मिटर तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell