
ललितपुर : महानगरीय प्रहरी परिसर ललितपुरले २१ सय लिटर खोयाबिर्के रक्सी नष्ट गरेको छ।
ललितपुर कार्यविनायक नगरपालिका- २ फूलबारी मार्गको सयपत्री टोलमा अवैध घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरणको तयारी गरिरहेको अवस्थामा रहेको जफत गरी नष्ट गरिएको हो।
अवैध घरेलु मदिरा बनाउने ठूलो ड्रम १५ थान, सानो ड्रम ७ थान लगायत मदिरा बनाउन आवश्यक कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी ईश्वर कार्कीले बताए।