PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

महिलाहरु सर्वोच्च निकायमा पुग्नु जनयुद्धको देन : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

महिलाहरु सर्वोच्च निकायमा पुग्नु जनयुद्धको देन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताएका छन्।
  
नेकपा माओवादी केन्द्र निकट महिलाहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ। राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ,' भेलालाई सम्बोधन गर्दै उनले भने, 'नेपालमा जनयुद्ध हुँदैनथ्यो भने यो सम्भव थिएन। यो नेपाली जनयुद्धको देन हो।'
 
प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे। ‘सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ। नीति निर्माणको तहमा महिलाहरुको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्दछु,' उनले भने।
 
महिलाहरु विभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै प्रधानमन्त्रीले एकताले त्यसमा ऊर्जा प्रदान गर्ने बताए। नयाँ सरकार गरिबको पक्षमा रहेकोमा जोड दिँदै उनले दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरिबका लागि सरकार जस्ता कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणित भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell