PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

खेल गतिविधिमा आजीवन प्रतिबन्धविरुद्ध नेपाली खेलाडीले गरेको अपिल एएफसीद्वारा खारेज



पहिलोपोस्ट

खेल गतिविधिमा आजीवन प्रतिबन्धविरुद्ध नेपाली खेलाडीले गरेको अपिल एएफसीद्वारा खारेज

काठमाडौं : खेलकुद गतिविधिमा लगाइएको आजीवन प्रतिबन्धविरुद्ध नेपाली खेलाडीले गरेको अपिल एसियन फुटबल कन्फेडेरेशन (एएफसी)ले खारेज गरेको छ।
 
म्याच फिक्सिङका कारण एएफसीले नेपालका चार खेलाडी र एक प्रशिक्षक सहित ५ जनालाई आजीवन प्रतिबन्ध लगाएको थियो।
 
एसियाली फुटबल संघको अपिल कमिटीको बिहीबार बसेको बैठकले नेपाली खेलाडीहरुले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध गरेको अपिललाई खारेज गरेको हो।
 
म्याच फिक्सिङ गरेको भन्दै एएफसीको अनुशासन कमिटीले नेपाली राष्ट्रिय फुटबल टीमका तत्कालीन कप्तान सागर थापासहित, रितेश थापा, विकास सिंह क्षेत्री, सन्दीप राई र प्रशिक्षक अन्जन केसीलाई २०१५ डिसेम्बर ५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
 
एएफसीको बैठकले गरेको निर्णय यस्तो छ :
यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell