PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

'वारि जमुना पारि जमुना'का चर्चित लोकगायक खेमराज गुरुङको निधन



पहिलोपोस्ट

'वारि जमुना पारि जमुना'का चर्चित लोकगायक खेमराज गुरुङको निधन

काठमाडौं : चर्चित लोकगायक खेमराज गुरुङको निधन भएको छ।
 
चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेको उनको आज निधन भएको हो। लिभरमा गम्भीर समस्या देखिएपछि उनी एक हप्ता अघिदेखि अस्पताल भर्ना भएको गीतकार विपीन किरणले बताएका छन्।
 
जन्डिस र लिभरको समस्या झनै बल्झिएपछि चिकित्सकले एयर एम्बुलेन्समार्फत आज दिउँसो भारत लैजान भनेका थिए। तर एयरपोर्टसम्म पुर्‍याउन गाह्रो भएकाले लैजान नसकेको परिवारका सदस्यलाई उद्धृत गर्दै अर्का गीतकार महेश आचार्यले जानकारी दिए।
 
‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना', 'आलु तामाले' उनको चर्चित लोकगीत हो। उनका जीवन, जीवन–२, धरान–पोखरा, सोल्टी, अनमोल, आलुतामा, ढाक्रे र घुमफिर जस्ता एल्बम बजारमा आइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell