PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

सुतिरहेकी बालिकामाथि हात्तीको आक्रमण, सुँडले तानेर आँगनमा ल्याई कुल्चिँदा मृत्यु



पहिलोपोस्ट

सुतिरहेकी बालिकामाथि हात्तीको आक्रमण, सुँडले तानेर आँगनमा ल्याई कुल्चिँदा मृत्यु

वीरगन्ज : पर्साको ठोरीसँग जोडिएको भारतको भिखना ठोरीमा हात्तीको अक्रमणबाट एक भारतीय बालिकाको मृत्यु भएको छ।
 
चितवन राष्ट्रिय निकुन्जको जंगलबाट गएराति साढे नौ बजे भिखना ठोरी गाउँ पसेको हात्तीको आक्रमणबाट रेल्वे स्टेशनका सुवास महतोकी १२ वर्षीया छोरी ममताको मृत्यु भएको हो।
 
जंगली हात्तीले घरभित्र सुतेकी ममतालाई सुँडले तानी कुल्चेर मारेको भारतीय सुरक्षा बलले जनाएको छ। भारतीय सुरक्षा बल भिखना ठोरीका प्रभारी सुरेश कुमारका अनुसार परिवारजनसँगै सुतेकी ममतालाई हात्तीले सुढले तानेर आँगनमा पछारी खुट्टाले कुल्चेको थियो।
 
हात्तीले ममताकी ६० वर्षीया हजुरआमा करिमनलाई पनि घाइते बनाएको छ। ६२ वर्षीय हजुरबुवा भने भाग्ने क्रममा घाइते भएको छन्।
 
हात्तीले भिखना ठोरी बजारको अन्य तीन जनाको घर समेत भत्काएर क्षति पुर्‍याएको छ। हात्तीको आक्रमणबाट बालिकाको मृत्यु भएपछि भिखना ठोरी बजार आज बन्द र त्रसित बनेको छ।

थप समाचार : ठोरीमा फेरि हात्ती आतंक, तीन वटा घरमा क्षति, धानबाली नष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell