PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बार्सिलोना र म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बार्सिलोना र म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने

युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ। बिहीबार फ्रान्सको मोनाकोमा भएको भव्य समारोहमा युरोपका उत्कृष्ट ३२ क्लबहरुलाई ८ समूहमा विभाजन गरिएको छ।

ड्र अनुसार स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब म्यानचेष्टर सिटी समूह चरणमै भिड्ने भएका छन्। समूह सी मा बार्सा र सिटीसँगै जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाख र स्कटिस क्लब सेल्टिक रहेका छन्।

यस्तै डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड एकै समूहमा परेका छन्। रियल र डर्टमण्डसँगै समूह ए मा स्पोर्टिङ सिटी र लेगि वार्सा परेका छन्। 

इंगलिस च्याम्पियन लेस्टर सिटी पोर्चुगिज क्लब एफसी पोर्टोसँगै समूह जी मा परेको छ। उक्त समूहमा क्लब बु्रग एफसी कोवनहेभन समेत रहेका छन्।

जर्मन बुण्डेसलिगा च्याम्पियन वायर्न म्युनिख र स्पानिस क्लब एथ्लेटिको मड्रिड एकै समूहमा परेको छन्। वायर्न र एथ्लेटिकोसँगै समूह डी मा पिएसभी आइण्डहोभव र रोस्तोव रहेका छन्। 

इटालियन च्याम्पियन युभेन्ट्स, युरोपा लिग विजेता सेभिया, लियोन र डाइनामो जाग्रेव समूह एफमा परेका छन्। 

फ्रान्सेली लिग वन च्याम्पियन पेरिस सेन्ट जर्मेन र आर्सनल एके समुहमा छन्। पेरिस सेन्ट जर्मेन र आर्सनलसँगै बासेल र लुडोगोरेट्स राजगार्ड समूह ए मा परेका छन्। 

यस्तै वेनफिका, नेपोली, डाइनामो किभ र बेसिकटास समूह बी मा परेका छन्।  सिएसकेए मस्को, बायर लेभरकुजन, टोटनहम हट्सपर र मोनाको समूह एफमा परेका छन्। 

युरोपियन च्याम्पियन्स लिगका समूह चरणका खेलहरु आगामी सेप्टेम्बर १३ बाट सुरु हुनेछ। फाइनल खेल सन् २०१७ को जुन ३ मा कार्डिफमा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell